Tuesday, July 28, 2009

उसको सपना

'शरणार्थी कान्छी कति बेला आयौ ?' उसलाई बोलाउँदा मेरो सम्बोधन प्रायः यस्तै हुन्थ्यो । कुनै बेला त्यही शब्दले ऊ औधी खुसी हुन्थी कहिलेचाहिँ खै कस्तो मुडमा हुन्थी रिसाउँदै लखेट्न खोज्थी । तर म उसलाई त्यसरी नै बोलाउँथे उसलाई मननपरे पनि । सायद उसलाई 'शरणार्थी' शब्दले हीनताबोध गराउँदो हो । मेरो बुझाई थियो तर पनि मुखबाट फुत्किहाल्थ्यो । उसलाई गिज्याउँदा छुट्टै मजा लाग्थ्यो । ऊ पनि मलाई चिड्याउन भन्थी 'बाहुन बाजे' । हामी छिमेकी गाउँका साथी-साथी । असार लागेपछि खेतीका लागि शिविरबाट उसका बाआमालाई बोलाइन्थ्यो सँगै ऊ पनि आउँथी । चिनजान त्यतिबेलै भयो जतिबेला ऊ भर्खरै बोल्न थालेकी थिई । ऊ यहीँ जन्मेकी हो नेपालमै । यहीँ पढी एसएलसी पनि दिई । नजिकमा क्याम्पस एउटै मात्र भएकाले पढाईको क्रममा हाम्रो भेट त्यहाँ पनि भयो । उज्यालो र हँसिलो मुहार सबैलाई हसाइरहने उसको बोली कसैसँग बोल्न धक नमान्ने लाग्थ्यो उसको वरिपरि खुसी नै खुसी झुम्छन् दुःखको कुनै छायाँसम्म छैन । बाटोमा उसको रमाइलो कुरा सुन्दै म क्याम्पस पुग्थेँ फर्कँदा पनि उही रमाइलो गफ सुनाउन ऊ व्यस्त हुन्थी । तर आफ्नो घर परिवारको कुरा कहिल्यै गरिन । जान्न खोज्दा अर्कै कुरा निकालेर ढाकछोप गरिहाल्थी । म सोधिरहन्थॆँ 'राजु मलाई तिम्रो घर देखाउँदिनौ तिम्रो गाउँ लाँदिनौ ?' उसले लिएर गई । 'यही हो मेरो गाउँ तिम्रो भाषामा शरणार्थी शिविर ' ऊ त्यही हो तिम्रो शरणार्थी कान्छीको घरु सानो बाँसले बारेको छाप्रोतिर औँला तेस्र्याउँदै भनी । 'पाँचजनाको परिवार यहीँ अँटाएर बसेका छौँ अहिले बर्खा लागीकन ठाउँ-ठाउँमा चुहिन्छ पानीबाट जोगिँदाजोगिँदै रात कट्छ । कहिलेकाहीँ हावाले गाउँ नै उडाएर लैजाला जस्तो गर्छ ।' अलिअलि गर्दै उसको मुखबाट गहकिला आवाजहरु निस्कन थाले । 'सरकारले नापेर दिएको सामानले पुग्दैन आफैँ काम गर्छु भन्दा यहाँ पाइँदैन । बाबा त्यही खोलाको डिलमा गिटी कुट्नुहुन्छ दाइहरु ढुङ्गा भेला पार्छन् । अहिले गाउँमा बनिबुतो पनि गर्न दिँदैनन् । सबैले सोच्दा हुन् हामीलाई त सरकारले त्यसै दिइहाल्छ किन काम गर्नुपर्यो र तर कति दिन आखिर कति दिन अर्काले दिएको भरमा बाँच्नु हामीले मैले आफ्नो देश देखेको छैन बुबाको कुरा कथा जस्तो लाग्छ । भूटानमा हाम्रो थुप्रै जग्गा छ रे । सम्पत्ति छ रे । सङ्घर्ष गरेको वर्षौँ बित्यो तर जान पाइँदैन । कहिलेकाहीँ त यो शरणार्थी जिन्दगीदेखि दिक्क लागेर आउँछ । कस्तो जीवन स्वतन्त्र भएर बाँच्न पनि नपाइने ' जवाफको आश लिएर उसले मतिर पुलुक्क हेरी । तर म विल्कुलै नाजवाफ थिएँ । मसँग उसलाई दिने आश्वासनसम्म थिएन ।हामी बाहिर निस्कियौँ । 'अब त हामीलाई दिइने खानामा पनि कटौती भयो खाना पकाउने इन्धन पनि कटौती भयो अब त बाँच्नलाई झन् गाह्रो छ हामीले…' ऊ निरन्तर भन्दै थिई । आजभन्दा अघि उसले मसँग यस्ता कुरा कहिल्यै गरेकी थिइन । हिँड्दै जाँदा म देख्दैथेँ धारावरिपरि खेलिरहेका केटाकेटीहरुलाई । जन्मँदै शरणार्थी ! कति होलान् यस्ता बच्चाहरु । जसले भोलि अनागरिक भएर निस्सासिनु पर्नेछ । राजुझैँ । यस्तै प्रश्नहरु तेसर्िनेछन् यिनका अगाडि । 'अब त हुँदाहुँदा केही नभएपछि यहाँका दाजुभाइ अवैध व्यापार गर्न थालेका छन्' साइकलमा लाँदै गरेको बोरा देखाउँदै उसले भनी । 'तिमीलाई थाहा छैन यहाँ त हामी जस्ता चेलीको इज्जत बचाउन पनि गाह्रो छ हरेक रात हतियार बोकेर सहरबजारका गाउँका केटाहरु आउँछन् र धम्क्याउँछन् । रुपैयाँको लालच देखाउँदै नारीअस्मिता किन्न खोज्छन् । के हामी शरणार्थीको इज्जतै हुँदैन ?' उसका आँखामा आँसु देखिन थाले । ऊ आँसुलाई आँखामै लुकाउने असफल प्रयास गर्दै थिई ।मैले बुझेँ । तर त्यसको समाधान सरकारले त गर्न सकेको छैन मैले के गर्न सक्थेँ र भनेँ 'आउँछ राजु एकदिन अवश्य आउँछ । तिमीहरु स्वतन्त्र हुनेछौ मातृभूमि फर्कनेछौ ।' 'तर कहिले प्रवेश कहिले' ऊ एकछिन् रोकिई 'पहिलो वर्षको परीक्षा सिद्धिएपछि केही महिना छुट्टी भयो । यसबीचमा हाम्रो भेट पनि पातलियो । कहिलेकाहीँ ऊ आफँै मलाई भेट्न आउँथी । भन्थी 'तिमीसँग नबोली तिमीलाई नहेरी यो मनै मान्दैन ।' तर अचानक एकदिन बिहानै आएर हँसिलो मुहार बनाउँदै भनी 'बाहुन बाजे म पनि अमेरिका जाने भएँ त ।'म झस्केँ । शरणार्थीलाई तेस्रोमुलुक लाने कुरा मैले रेडियो पत्रिकाबाट थाहा पाएको थिएँ तर आफ्नै साथी जाने कुरा सुन्दा भने मलाई विश्वासै लागेन । ऊ भन्दै गई 'हामीलाई लिन अहिले १० बजे नै आईओएमको गाडी आउँदैछ । भोलि काठमाडाँै त्यसको केही दिनपछि अमेरिका पुगिन्छ ।' म केही बोल्न सकिनँ । यति मात्रै वाक्य फुट्यो 'नजाँदा हुन्न र ?' 'मैले जानैपर्छ । यो देशको भार भएर कति बस्नु तिमी मलाई बिदा गर्न आऊ ल । अहिले जान्छु धेरै साथीलाई भेट्नुछ आजै त हो फेरि त कहिले भेट होला र ।' बिदा गर्ने निम्तो दिएर ऊ गई । मैल रोक्न सकिनँ । म थोरै आत्तिएको थिएँ आफूलाई धेरै माया गर्ने साथीलाई म कसरी बिदा गरुँ के म बिदा गर्न सकूँला मनमा प्रतिप्रश्नहरु उब्जिए । के उसले आफू जन्मेको देशलाई छाडेर जान सक्छे हामी नेपालीको मायालाई भुल्न सक्छे अमेरिका भनेपछि ऊ किन त्यतिधेरै खुसी ऊ पनि महत्वाकाङ्क्षी हुन सक्छे प्रश्नहरुको बाढी नै आयो ममा । नौ बजे नै पुगेँ शिविर । हो रहेछ उनीहरु जाने नै भएछन् । त्यहाँ शिविरभरिका शरणार्थीहरु भेला भएका थिए आ-आफ्नो झोला बोकेर । अमेरिका पुगेपछि कसैसँग भेट नहोला भनेर माया साट्दै थिए । कोही रुँदै थिए । कोही आफ्नो भाग्यलाई धिक्कार्दै थिए । मैले त्यो भीडमा राजुलाई नियाले । ऊ पर एक्लै उभिएकी थिई । 'राजु किन एक्लै उभिएकी' मेरो बोली सुन्नासाथ मलाई अँगाल्दै रुन थाली । 'तिम्रो यादले साह्रै सताउनेछ मलाई । मलाई नबिस्र है ।''मलाई थाहा छ तिमी खुसी छैनौ फेरि किन जान्छौ ?''मैले त्यहाँ रमाइलो सपना देखेको छु त्यही पूरा गर्न ।'यत्तिकैमा गाडी आयो सबै चढे । ऊ पनि । अनि बिदाइको हात हल्लाउँदै ऊ मबाट अलिअलि गर्दै टाढिइरही म निरीह बनेर उसलाई हेरिरहेँ । सायद ऊ फेरि कहिल्यै नभेट्ने गरी गइरहेकी थिई । मेरो मिल्ने शरणार्थी साथी मबाट धेरै टाढा गइरहेकी थिई मुटुभरि धेरै माया बोकेर आफ्नो सपना पूरा गर्न । तर मैले सोध्ने मौका नै पाइनँ 'के थियो होला उसको सपना ?'

परिवर्तन

परैबाट देखियो मेरो घर । कुनै बेलाको प्रधानपंचको घर । गाउँमध्येकै सबैभन्दा सुन्दर । काठैकाठले बनेको । अगाडि थियो सुन्दर फुलबारी । जहाँ गाउँलेहरु आउँथे बस्थे कुनै दिन खाली हुँदैन थियो यो घर । तर अब त्यो दृश्य मेरो मानसपटलमा केवल तस्वीर बनेर रहेको छ । सयौँजनाको जमघट हुने यो घर आजभोलि सुनसान छ । पुरानो भएको छ थोत्रिएको छ । यसका काठहरु मकाइसकेका छन् खाँबामा धमिरा लागिसकेको छ । पोतिएको रङहरु पत्रपत्र भएर उक्किएका छन् । त्यो बेलाको सबैभन्दा ठूलो घरलाई इँटा र ढुङ्गाको मजबुत गाह्रोमा अग्लिएको छिमेकी नयाँ घरले जितिसकेको छ । स्याहार नपुगेर वनको झोडीझैँ बनेछ फुलबारी । कसले गर्ने स्याहार आमा सक्नुहुन्न कान्छो एक्लो कतितिर भ्याओस् ! बुबा हुाजेल गाउँलेहरु आउँथे सघाउँथे । उहाँ बित्नुभएपछि सबैले माया मारे ।गाउँभरिको झगडा यहीँ भेला हुन्थ्यो । पैनी-कुलोको निहुँदेखि लोग्ने-स्वास्नीको विवादसम्म । गाउँलेको पिरलोले बुबालाई कहिल्यै छाडेन । अदालत नै थियो यो घर । बहुदल आयो तर कहिल्यै खाली भएन यो घर । जबसम्म बुबा हुनुहुन्थ्यो । मनमा यस्तै पुराना कुरा खेलाउँदै आँगनमा पाइला टेकॆँ । 'छोरा भोला मैले जीवनभर केही कमाउन सकिनँ । जति कमाए यही गाउँलेहरुको माया । मेरो उपचारले अब त ऋणले पनि डाँडो काटिसक्यो । टाउकोभरि ऋण लिएर मर्ने भएँ बाबु तँ तिरिदे है । मलाई ऋण मुक्त गरा है' बुबाले यही आँगनमा एम्बुलेन्समा चढाउनु अघि अड्किँदै निकाल्नुभएको आवाज फेरि गुिाजयो मेरो कानमा । बोल्दै-बोल्दै जानुभएको बुबा फर्कदा प्राणहीन हुनुहुन्थ्यो । उहाँलाई विदा गर्न टाढा-टाढादेखि मान्छे भेला भएका थिए । यहाँ पाइला राख्ने ठाउँ थिएन । मलामी त कति हो कति यहाँदेखि खोलासम्मै थियो लस्करु पछि मलाई साथीहरु सुनाउँथे । तर आज म एक्लै उभिएको छु यो आँगनमा । आजम दुःखी छैन गौरवान्वित छु । उपचारमा लागेको ऋण सात वर्ष विदेशमा दुःख गरेर चुक्ता गरिसकेको छु । घरतिर विस्तारै पाइला अघि सारेँ । घरको दलान टेकेँ । आमाले मेरो चाल थाहा पाइसक्नु भएछ । हतारिएर निस्कनु भो बाहिर । अनि हर्षाश्रु बगाउँदै गाँठो परेको आवाज फुकाउनु भो 'मेरो भोला… !'मैले ढोग गरेँ आँखाबाट अनायसै आँसु पोखिइसकेछ । भाइले पनि थाहा पाएछ आयो र अँगाल्यो । सात वर्षअघि छाडेको ऊ निक्कै फेरिएछ । निधार चाहिँ ठ्याक्कै बुबाको जस्तै ठूलो थोरै दुब्लाएछ । सुँक्सुँकाउँदै बोल्यो 'दादा अब तपाईं विदेश कहिल्यै नजानु ल ।' बोलेँ 'ल-ल । अब म तँलाई छाडेर कहीँ जान्नँ । सानो ट्याक्सी किन्छु र यतै काम गर्छु ।' ऊ खुसी भयो र सोध्यो 'खै मलाई के ल्याइदिनुभो ?' उसको हातमा एउटा विदेशी मोबाइल थमाइदिएँ । साथीहरुलाई देखाउन होला खुसी हुँदै दौडिहाल्यो । आमा र मचाहिँ पस्यौँ मझेरीतिर ।'खै कस्तो जुग आयो-आयो । याँ त मान्छे नै मान्छेको शत्रु । तँ उता जाँदा तै अथब्बाथ्यो । अइले त कसैले कसैलाई टेर्दैनन् साथीले साथी भन्दैन । न न्याम छ न कानून । मान्छे मारेको मार्यै छन् । जीउ ज्यान जोगाउनै गाह्रो । केको सङ्गठन पो भन्थो तेरै साथी पुण्ये पनि लागिरछ त्यसमा' आमाले दिउरेमा पानी बसाएर दाउरा झोस्दै भन्नुभो 'जहिले नेपाल बन्द गाउँ नै पिच्छे नेता । चन्दा मागेर हैरान पार्छन् । छैन भन्दा मान्ने होइनन् ती उरेन्ठेउलाहरु । पर्धानपाचको घर भनेर घुरीघुरी आउँछन् ।'सोधेँ 'पुण्य कहाँ छ अहिले ?''आउँदैछु' ऊ ढोकैबाट बोल्यो ।'आयु त यसको लामै छ' आमा हाँस्नुभो । 'अब तँ पनि आइस् हाम्रो पार्टीमा भोलिदेखि नै आइज' उसले प्रस्ताव गरिहाल्यो । 'आउन पाछैन पाटीमा । के दिन्छ तेरो पाटीले कुन दिन हातखुट्टा भाँचिन्छ अनि था पाउँछस् जिन्दगीभरि अपाङ्ग भएर बस्नुपर्दा' आमाले झपार्नु भो । 'आ काकी पनि किन डराउनु घाइते भो भने सर्खारले दि हाल्छ नि पैसा बसो खायो मरियो भने परिवारले पाइहाल्छ १० लाख । अनि के खोज्नु ?' ऊ निर्धक्क साथ बोल्यो । 'तँ यो के भन्दैछस् । तँ पनि यति स्वार्थी भइस् हामी जस्ता युवाले नै यस्तो सोच्यौँ भने यो देश कहिलेसम्म टिक्छ एकपल्ट राम्ररी सोच त देशका लागि केही गर्ने बेलामा हामी लडाइँ गर्न थाल्यौँ भने यो देशको हालत के हुन्छ पहिला देश अनि पार्टी । देश नै रहेन भने पार्टीले के गर्छ ?''नेताहरुलाई त मतलब छैन हामीलाई केको मतलब ?' मेरो कुरा सुन्दैनसुने जस्तै गरेर उठ्यो र भन्यो 'आज हाम्रो मिटिङ बसेको छ रे माथि । माग पूरा भएन भने चार-पाँच दिनभित्रै बन्द गर्ने कार्यक्रम छ । त्यतिबेला तँ पनि जानुपर्छ मसँग ।' ऊ हिँड्यो । सायद उसलाई मेरो कुरा मन परेन । किन उसलाई चिन्ता छैन न देशको न आफ्नो । त्यसरी हिँड्दा उसलाई के फाइदा मैले पटक्कै बुझिनँ । सानो ट्याक्सी किनेँ । सबै प्रबन्ध मिलाएँ । विदेशमा बिताएको सात वर्षलाई एकपटक सम्झेँ - कहिले दिन अत्यन्तै लामो लाग्ने कहिले साथीभाइसँग त्यत्तिकै जाने । कति धेरै माया थियो त्यहाँ हामी नेपाली-नेपालीबीच ! रहर छ मनमा यो घरलाई फेरि पहिलाको जस्तै सम्मानित बनाउने । त्यही रहर बोकेर मैले सुरु गरेँ आफ्नो काम । पहिलो दिन त्यति राम्रो आम्दानी हुन सकेन । भोलिपल्ट केही आशलाग्दो । तर पसर्िपल्टदेखि ठप्प भयो । बन्द रे ! लगातार बन्द भइरह्यो । मेरो रहरमा तुषारापात लाग्न थाल्यो । बन्द लम्बिँदै गयो । नेताहरु वार्ता बिनानिष्कर्षको घोषणा मात्र गर्थे । सास्ती खेपिरह्यौँ । विरोध गर्ने साहस कसैले देखाएनन् । कोही बोलेनन् सहिरह्यौँ । अन्याय सहने बानी परेछ डरले हो या रहरले हो मैले आफैँलाई प्रश्न गरेँ । जवाफ पाइनँ ।बन्दले फुस्रद परेकोथ्यो । पुण्यलाई भेट्ने । बाटोमा जाँदा मैले देखेँ हामीले जोतेको बाउसे गरेर सम्याएका खेतका गराहरु प्लटिङ हुँदैरहेछन् । कतिमा त बिल्डिङ ठडिसकेछन् । सायद अन्न उब्जाउनभन्दा अर्थ उब्जाउन लागि परेछन् यहाँका जग्गा मालिकहरु । पुण्यको घर पुगेँ । घरमा कोही थिएनन् । उसकी आमा घाँस काट्दै हुनुहुन्थ्यो बारीमा । अचानक चिच्याउनुभो 'साँपले टोक्यो लौन नि !' म पुग्दा पिँडुलाबाट रगत पैतालासम्म पुगिसकेको थियो । घरसम्म ल्याएँ । 'भोला मलाई अस्पताल लैजा झट्टै तेरो गाडी लिएर आइज' उहाँले अत्तालिएर बोल्नुभो । दौडिएँ । र गाडीमा राखेर अस्पतालतिर लागेँ । चोकमा हातमा डण्ठा खुकुरी कट्टी लिएर केटाहरु झुरुप्पै भएका रहेछन् । छेकिहाले । निस्किएर केही बोल्न नपाउँदै सुरु भयो तोडफोड । सिसा झर्यामझुरुम । मैले त्यहाँ पुण्यलाई खोजेँ ऊ देखिएन । रोक्दारोक्दैे गाडी कुच्चियो टायर काटियो । र म निर्घात भएर कुटिएँ । 'आगो-लगाइदेओ आगो लगाइदेओ पेट्रोलको ग्यालेन लिएर हुर्रिँदै एउटा दौँडँदै आयो । फेटा बाँधेको उसले मलाई चिनेन । मैले चिनेँ । 'पुण्य पख्' बोली सुनेपछि ऊ रोकियो तर उसको हातबाट ग्यालन अरुले खोसे र धमाधम गाडीमा खन्याउन थाले । 'तँ बन्दको बेला गाडी कुदाउने पैसा कमाउने' यस्तै आरोप थियो त्यो हुलको । पुण्यले रोक्न खोज्यो तर कसले टेर्ने त्यहाँ सबै उस्तैउस्तै । आखिर आगो लगाइछाडे । म आत्तिएँ । हत्तारिएर गाडीबाट उसकी आमालाई बाहिर निकालेँ । आफ्नै सामु हेर्दाहेर्दै विदेशमा गरेको दुःख थोपा-थोपा पसिना जलिरह्यो ।त्यो देखेर म एकोरिएछु । पुण्यकी आमाले लामोलामो सास लिन थालिन् । 'आमा-आमा' देखेर पुण्य चिच्यायो । मैले सबै बताएँ । हत्तपत्त एम्बुलेन्स बोलाइयो । एम्बुलेन्स आइपुगेन । पर्खँदापर्खँदै सर्पको विष उनको मुटुमा पुगिसकेछ । पुण्यकै काखमा उनले प्राण त्यागिन् । 'के पाइस् पुण्य तैँले आज जवाफ दे । आज तेरी आमा मात्र होइन हजारौ बिरामी यसरी मर्न बाध्य भएका छन् । लाखौँ मानिस भोकले मर्न लाग्या छन् । ज्यूँदै मारेको छौ तिमीहरुजस्ता बन्द गर्नेहरुले गरिबहरुलाई । के पाउँछौ गरिबलाई मारेर । हामीलाई कसैको भाषण सुन्न छैन कसैको रुपैयाँले धनी बन्नु छैन हामीलाई काम चाहिएको छ अवसर चाहिएको छ । सीप चाहिएको छ ।' जलिरहेको गाडीतिर देखाउँदै भने 'हेर् हेर तिमीहरु पनि यसरी नै जल्दैछ देश । हामी त्यसमा पेट्रोल छर्कँदैछौँैँ हात बाँधेर उभिएका छौँ ।' 'कसले गर्दिन्छ भन्ने आश लिएका छौ तिमीहरुले नेताहरुले गर्दिन्छन् हाम्रो काम हामी जस्ता युवालाई हतियार बनाएर लडाइँ रच्न मात्रै जान्दछन् ती नेताहरु । आज तिमीहरुले जलाएको यो ट्याक्सी मेरो मात्र होइन देशको सम्पति थियो । जे नष्ट हुन्छ देशकै हुन्छ । जति घाटा हुन्छ देशलाई नै हुन्छ । हामी दुरुपयोग भइरहेका छौँ । त्यसैले भाइ हो अब ढुङ्गा डण्ठा र खुकुरी लिएर लडाइँ होइन मिलेर परिश्रम गरौँ । सबैले बाँच्नु छ देशलाई बचाउनु छ ।' उनीहरुले शिर निहुराए । पुण्य पनि बोल्यो 'हो भोला । मलाई माफ गरिदे । आज मेरी आमालाई मैले नै मारेँ । तर अब अरुको आमालाई मर्न दिने छैन ।''हो दाइ अब हामी बन्द गर्न कहिल्यै हिँड्दैनाँै' सबैले एकै स्वरमा बोले । सबैलाई धन्यवाद दिएँ र एकपल्ट जलेको गाडीतिर हेरेँ । गाडी जलेप्रति ममा कुनै मोह रहेन । किनकि मलाई विश्वास छ अब यसरी कुनै गाडी जल्ने छैन बन्द हुने छैन र कोही अकालमा मर्ने छैनन् ।बुधबारे, झापा